काठमाडौं । भारतले न्युजिल्याण्डलाई ३९८ रनको लक्ष्य दिएको छ । विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार भएको खेलमा भारतले ३९७ रनको विशाल लक्ष्य बनाएको हो ।
सुरुदेखि नै आक्रामक रुपमा प्रस्तुत भएको भारतका लागि विराट कोहली र श्रेयस ऐयरले शतकीय पारी खेले ।
आजको खेलमा भारतले शुभमन गिलले ८०, कप्तान रोहित शर्माले ४७ तथा केएल राहुलले ३९ रन बनाउँदा उपकप्तान सूर्यकुमार यादव शुन्य रनमा आउट भए ।
यो खेलसँगै विराट कोहलीले ५० एकदिवसीय शतक पूरा गर्दै सचिन तेन्दुल्करको सर्वाधिक एकदिवसीय शतक तथा सर्वाधिक रनको रेकर्ड तोडेका छन् ।