images
images

विश्वकप क्रिकेट : सेमिफाइनलमा आज भारत र न्यूजिल्याण्ड खेल्दै


  • 445
    SHARES
  • २०८० कार्तिक २९ गते बुधबार

    विश्वकप क्रिकेट : सेमिफाइनलमा आज भारत र न्यूजिल्याण्ड खेल्दै

    काठमाडौं । एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत पहिलो सेमिफाइनल आज हुँदैछ । पहिलो सेमिफाइनलमा न्युजिल्यान्डले भारतको सामना गर्दैछ। घरेलु मैदानमा जारी विश्वकपमा भारत अपराजित एउटै मात्र टिम हो। पहिलो सेमिफाइनल आज  दिउँसो २ः१५ बजे भारतको वनखडे स्टेडियममा हुँदैछ ।

    यो विश्वकपका नौ वटा खेलमा भारतले अब्बल प्रदर्शन गरेको छ। उसले शतप्रतिशत जित आफ्नो पक्षमा पारेको छ । भारतको बलिङ र ब्याटिङ उत्तिकै चुस्त देखिन्छ।  न्युजिल्यान्ड चार खेलमा पराजित हुँदै रनरेटको आधारमा सेमिफाइनल खेल्न पुगेको हो । 

    पहिलो सेमिफाइनल भारतसँग खेलेर न्युजिल्यान्ड फाइनल पुग्ने तयारीमा छ । एउटा पनि खेल नगुमाएको भारत आफ्नै भूमिमा विश्वकप उपाधि उचाल्ने सुन्दर सपनासहित खेलिरहेको छ । 

    दोस्रो सेमिफाइनलमा अस्ट्रेलियाले दक्षिण अफ्रिकाको सामना गर्दैछ । यो प्रतिस्पर्धा बिहीबार इडन गार्डेनमा हुँदैछ । विश्वकप २०२३ को फाइनल  मंसिर २ गते हुनेछ । 


    images
    images

    Logo