images
images

सामाजिक सञ्जाललाई करको दायरामा ल्याउन सरकारलाई मेयर बालेनको सुझाव


  • 290
    SHARES
  • २०८० कार्तिक २८ गते मंगलबार

    सामाजिक सञ्जाललाई करको दायरामा ल्याउन सरकारलाई मेयर बालेनको सुझाव

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सबैखाले सामाजिक सञ्जाललाई करको दायरामा ल्याउन सरकारलाई सुझाव दिएका छन् । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेसँगै मेयर शाहले सरकारलाई यस्तो सुझाव दिएका हुन् ।

    बालेनले ‘सर्ट टर्म भिडियो’ होस्टिङ सञ्जाल टिकटकलाई बन्द गर्नेभन्दा पनि नियमन गर्नुपर्ने बताएका छन् । ‘नेपाल सरकारलाई मेरो अनुरोध टिकटक मात्र हैन अन्य सामाजिक सञ्जालहरूलाई अनुगमन, नियममा ल्याउनु प्रयास गर्नु होला करको दायरामा ल्याएर गलत गर्ने कुरा लाई सेन्सर गर्ने आफ्नो संयन्त्र विकास गर्नुहोला’ उनले फेसबुकमा लेखेका छन् ‘बन्द समाधान हैन, यो बन्दलाई टिकटक सङ नियमन गर्नलाई दरो आधार बनोस् मर्यादित भएर फेरि टिकटक चलाउन पाइयोस् ।’

    टिकटक धेरै नयाँ उद्यमीहरूलाई आफ्नो बजार प्रवर्द्धन गर्ने ठाउँ भएको र मौका नपाएका प्रतिभाहरूलाई आफ्नो प्रतिभा देखाउने ठुला माध्यम भएको उनको धारणा छ । साथै नेपाली गीत संगीतलाई अन्तर्राष्ट्रियकरण गर्न मद्दत गरेको शहको बुझाइ छ ।

    उनले आफ्नो नाममा खुलेको फेक आइडी हटाउन टिकटकलाई अनुरोध गरेको, नेपाल प्रहरी साइबर क्राइम गुहारेको, नेपाल दूर सञ्चार प्राधिकरणलाई पनि गुहारेको स्मरण गराएका छन् ।


    images
    images

    Logo