जोमसोम । लगातार ४ वर्षदेखि ठप्प रहेको उत्तरी कोरलाको (नेचुङ—लिजी) नाका आजदेखि औपचारिक रुपमा बाह्रै महिनाका लागि खुल्ला भएको छ। उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको स्थानीय आवश्यकता र व्यापारिक कारोबार सञ्चालन गर्न चीन सरकारले मुस्ताङको कोरला नाका खुल्ला गरेको हो ।
एक हप्ता अघि चीनको स्वशासित क्षेत्र तिब्बतको ढोङ्वासेनमा नेपाल पक्ष र चीन पक्षबीच भएको छलफलपछि कोरलाखनाका खुल्ला गरिएको हो । यो नाका विगतको जस्तो केही समयको अल्पकालीन व्यापार मेला जस्तो नभई बाह्रै महिना उपल्लो मुस्ताङीलाई खुल्ला भएको छ ।
चिनियाँ पक्षले नाकामा कडा निगरानी गरेको छ ।