भक्तपुर । भक्तपुरमा लक्ष्मी पुजा गर्ने क्रममा बालेको दियोबाट शरिरमा आगो लाग्रदा एक बृद्धाको ज्यान गएको छ । जिल्लाको मध्यपुर थिमि–१ लोकन्थलीमा लक्ष्मी पुजा गर्ने क्रममा बालेको दियोबाट लुगामा आगो सल्किंदा स्थानीय ८३ वर्षीया सावित्री देवी दाहालको घट्नास्थलमै मृत्यु भएको हो ।
आइतबार साँझ करिब छ वजे आफ्नै घरको दोश्रो तल्लाको पुजा कोठामा लक्ष्मी पुजा गर्ने क्रममा दहालले लगाएको कपडामा आगो सल्किएको थियो । आगलागी भएको अवस्थामा दहालका ८५ श्रीमान बर्षीय गुरु प्रसाद दाहालले देखेर पानी हालेर आगो निभएपनि दाहालको घटनास्थलमै मृत्यू भएको प्रहरीले जनाएको छ ।
घट्नाको खवर प्राप्त हुनासाथ प्रहरी वृत्त ठिमीबाट अनुसन्धान अधिकृत समेतको प्रहरी टोली घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान गरेको बताइएको छ । शव पोष्टमार्टमका लागि केएमसी अस्पताल दुवाकोट पठाईएको र घटनाका सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।



