काठमाडौं । लक्ष्मी पूजाको दिन सुनको मूल्य तोलामै हजार रुपैयाँले घटेको छ । आज सुनको मूल्य प्रतितोला १ लाख १३ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार प्रतितोला १ लाख १४ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ हजार रुपैयाँले घटेर १ लाख १३ हजार ७ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
त्यस्तै, त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १३ हजार १ सय ५० रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।