images
images

१४ अर्ब लागतमा हुँदै गरेको पृथ्वीराजमार्ग विस्तार तिहारमा पनि नरोकिने, यसरी हुँदैछ चारलेनमा विस्तार


  • 399
    SHARES
  • २०८० कार्तिक २५ गते शनिबार

    १४ अर्ब लागतमा हुँदै गरेको पृथ्वीराजमार्ग विस्तार तिहारमा पनि नरोकिने, यसरी हुँदैछ चारलेनमा विस्तार

    काठमाडौं । तिहार बिदाको समयमा पनि पृथ्वी राजमार्गको पोखरा मुग्लिन सडक विस्तार कार्य नरोकिने भएको छ । निर्धारित समयमा नै आयोजनाको निर्माण कार्य सक्ने उद्देश्यले तिहार बिदाको समयमा पनि सडक विस्तार धमाधम गर्न थालिएको छ ।

    मुग्लिन पोखरा पश्चिम खण्डका प्रमुख राजेश पौडेलका अनुसार दुई चरणमा गरी सडक विस्तार भइरहेको छ । लक्ष्यअनुसार प्रगति नभएकाले तिहारमा समेत सडक विस्तार गरिने उनले बताए । पश्चिम खण्डअन्तर्गत जामुनेबाट पोखरासम्मको करिब ३९ किलोमिटर विस्तारको प्रगति हालसम्म करिब १२ प्रतिशत मात्र भएकाले बिदामा समेत काम तीव्रपमा गर्नु परेको आयोजना प्रमुख पौडेलले बताए ।

    पश्चिम खण्ड विस्तारका लागि २०७८ जेठमा सम्झौता भएको हो । यो खण्डको काम २०८१ भदौसम्म सम्पन्न गर्नुपर्ने छ । यस खण्ड निर्माणको ठेक्का चिनियाँ कम्पनी यनहुइकाइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले पाएको छ । एसियाली विकास बैंकको ऋण सहयोगमा सडक ४ लेनको बनाउने काम भइरहेको छ । पश्चिम खण्डको लागत ७ अर्ब ४० करोड ४६ लाख रुपैयाँ रहेको प्रमुख पौडेलले बताए।

    त्यसैगरी ४१ दशमलव ४५ किलोमिटर दूरी रहेको पूर्वी खण्ड विस्तार कार्य तीव्र पारिएको पोखरा–मुग्लिन सडक योजनापूर्वी खण्डका प्रमुख श्याम यादवले जानकारी दिए । यस खण्डमा तिहार बिदाको समयमा पनि सडक विस्तार कार्यलाई तीव्र पारिने छ । सडक फराकिलो बनाउने, भित्ता खार्ने, खाडल पुर्ने, पक्की पुल र कल्भर्ट निर्माण गर्नेलगायत काम भइरहेका छन् ।

    यस खण्डमा ३६ प्रतिशत निर्माण कार्य सम्पन्न भएको प्रमुख यादवले जानकारी दिए । पूर्वी खण्ड विस्तारका लागि २०७७ माघमा २०७८ साल वैशाखदेखि काम सुरु भएको होे । यस खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछन् । पूर्वीखण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । यस खण्डको काम २०८१ वैशाखसम्म सम्पन्न गर्नुपर्ने प्रमुख यादवले बताए । पूर्वी खण्डको लागत ६ अर्ब २१ करोड ३१ लाख रुपैयाँ रहेको छ ।

     


    images
    images

    Logo