images
images

१८ फर्ममाथि वाणिज्य विभागको अनुगमन, ६ व्यापारीलाई नगद जरिवाना


  • 246
    SHARES
  • २०८० कार्तिक २५ गते शनिबार

    १८ फर्ममाथि वाणिज्य विभागको अनुगमन, ६ व्यापारीलाई नगद जरिवाना

    काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षणले शुक्रबार १८ फर्ममाथि अनुगमन गरेको छ । शुक्रबार बजार अनुगमनको क्रममा विभागले मिठाइ, खाद्य वस्तु, इलेक्ट्रिकल/इलेक्ट्रोनिक्स, अन्य खाद्य वस्तु र माछा मासु पसललाई जरिवाना गरेको हो । 

    विभागको संयुक्त अनुगमन टोलीले बिल बिजक, दर्ता प्रमाण–पत्र राख्नु पर्ने नराखेको र दर्ता प्रमाण पत्र नराखेको गुणस्तर, परिमाण, मुल्य, नापतौलमा हेरफेर गरेको र अनुगमनको क्रममा असहयोग गरेको अभियोगमा सम्बन्धित पसलबाट यो परिमाणमा आर्थिक जरिवाना गरेको हो ।

    शुक्रबार १८ वटा व्यापारिक प्रतिष्ठानमा अनुगमन गरिएको थियो । यसमध्ये कैफियत भेटिएको ६ व्यापारिक प्रतिष्ठानलाई जरिवानाको दायरामा ल्याइएको छ भने अन्यलाई सुधार गर्न निर्देशन दिइएको छ ।

    विभागले जावलाखेलमा रहेको इलेक्ट्रिकल/इलेक्ट्रोनिक्स पसल, पाटन औद्योगिक क्षेत्रमा रहेको अन्य पसललाई र मैतिदेवीमा रहेको खाद्य वस्तु पसललाई ३/ ३ लाख रुपैयाँ जरिवाना गरेको छ भने स्युचाटारमा रहेको खाद्य वस्तु पसललाई १ लाख रुपैयाँ जरिवाना गरेको छ । 

    त्यस्तै, विभागले ललितपुरमा रहेका मिठाइ पसल, स्यूचाटारमा रहेको माछा मासु पसललाई १०/१० हजार रुपैयाँका दरले जरिवाना गरेको छ । चावहिलमा रहेको मिठाइ पसलको  १२५ रुपैयाँ बराबर मूल्यको चाउमिन नष्ट गरेको छ । 

    नियमित अनुगमनका क्रममा विभागले विभिन्न पसललाई कागजातसहित विभागमा उपस्थित हुन भनेको छ भने कतिपयलाई सामान्य निर्देशन दिएको छ ।

     

     


    images
    images

    Logo