काठमाडौं । नेपाल प्रहरीले भाइ टिकाको दिन (कार्तिक २९ गते बुधबार) काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । उक्त दिन सार्वजनिक सवारी साधन निकै न्यून संख्यामा चल्ने भएका कारण आवातजावत गर्ने सर्वसाधारणको सहजताका लागि उपत्यका दुईवटा रुटमा निःशुल्क सेवा दिन लागिएको प्रहरीले जनाएको छ ।