images
images

काठमाडौंमा राती १ बजेसम्म देउसी भैलो खेल्न पाईने


  • 316
    SHARES
  • २०८० कार्तिक २४ गते शुक्रबार

    काठमाडौंमा राती १ बजेसम्म देउसी भैलो खेल्न पाईने

    काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र राति १ बजेसम्म देउसी भैलो खेल्न पाइने भएको छ । विगतका बर्षहरुमा राति ९ बजेसम्म मात्र देउसी भैलो खेल्न पाउने व्यवस्था गरिएइको थियो । तर यो बर्ष राति १ बजेसम्म खेल्न पइने महानगरपालिकाले जनाएको छ । 

    कोेरोना महामारी तथा सुरक्षाको कारणले विगका बर्षहरुमा देउसी भैलो खेल्ने समय छोट्याएको थियो । राति १ बजेसम्म देउसी खेल्दा सुरक्षाका लागि पेट्रोलिङको व्यवस्था मिलाइएको महानगरपालिकाले जनाएको छ । 

    महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सामाजिक संजाल फेसबुकमा एक स्ट्याटस लेख्दै यस्तो बताएका हुन् । ‘विगतको वर्षहरूमा कोभिडका कारण र सुरक्षाका कारणले गर्दा तिहारमा देउसी भैलो देल्ने समय काठमाडौंभित्र राती ९ बजेसम्म मात्र खेल्न अनुमति दिइएको थियो,’ मेयर बालेनले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘यो वर्ष काठमाडौं महानगर नगर प्रहरीले राति १ बजेसम्म सुरक्षाका लागि पेट्रोलिङको व्यवस्था मिलाएका छौं। सोही समयसम्म मर्यादित भएर देउसी भैलो खेलिदिनु हुन अनुरोध गर्दछौं।’

    यस्तै काठमाडौं महानगरपालिकाले नेपाल प्रहरी तथा जिल्ल प्रशासन कार्यालयलाई सुरक्षाको प्रबन्ध सोही अनुसार मिलाईदिन आग्रह गरेका छन् । 


    images
    images

    Logo