images
images

४.१ मेगावाटको पिखुवा पशुपति जलविद्युत आयोजना निर्माण गर्दै सुम्निमा हाइड्रोपावर कम्पनी


  • 414
    SHARES
  • २०८० कार्तिक २४ गते शुक्रबार

    ४.१ मेगावाटको पिखुवा पशुपति जलविद्युत आयोजना निर्माण गर्दै सुम्निमा हाइड्रोपावर कम्पनी

    काठमाडौं । सुम्निमा हाइड्रोपावर कम्पनीले पिखुवा पशुपति जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । ४.१ मेगावाट क्षमताको उक्त आयोजना निर्माणसम्बन्धी विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर) तथा वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (ईआईए) तयार भइ निर्माणको प्रकृया अघि बढेको हो । 

    डीपीआर र ईआईए सकिएसँगै विद्युत् विकास विभागले आयोजनाको सम्बन्धमा कुनै गुनासो भए उजुरी गर्न स्थानीय बासीका नाममा ३५ दिने सूचना जारी गरेको छ । यो अवधि समाप्त भइ प्राप्त उजुरी उपर कारवाही भएसँगै आयोजनासम्बन्धी सबै पूर्वकार्यहरु पूरा हुनेछन् । 

    सुम्निमाले उक्त आयोजना निर्माणका लागि ७७ करोड ६४ लाख ९० हजार रुपैयाँ लागत अनुमान गरेको छ । उक्त आयोजना २०८४ साल भित्र तयार गरिसक्ने कम्पनीको प्रस्ताव छ । 


    images
    images

    Logo