काठमाडौं । सरकारले इन्धनमा लगाइँदै आएको पूर्वाधार शुल्कमध्ये ५ रुपैयाँ बूढीगण्डकी जलविद्युत आयोजनालाई उपलब्ध गराउने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पूर्वाधार शुल्कमध्ये ५ रुपैयाँ प्रतिलिटर आयोजनालाई उपलब्ध गराउने व्यवस्था गर्ने निर्णय गरेको हो । सरकारले इन्धनमा प्रतिलिटर १० रुपैयाँ पूर्वाधार कर लिने गरेको छ।
सरकारले आर्थिक वर्ष २०७३/७४ बाट बुढीगण्डकी आयोजना निर्माणका लागि इन्धनमा प्रतिलिटर ५ रुपैयाँ कर लिंदै आएको थियो । तर, २०७६ फागुनदेखि भने सरकारले बुढीगण्डकीको नाममा कर संकलन गर्न छाडेको थियो । बरु त्यसको सट्टामा पूर्वाधार विकास करको नाममा प्रतिलिटर १० रुपैयाँ संकलन गर्न थालेको थियो ।
बुढीगण्डकी आयोजना निर्माण अघि बढाउने भन्दै ३ साउनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फिल्ड कार्यालय उद्घाटन गरेका थिए ।



