images
images

धरानमा विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन


  • 344
    SHARES
  • २०८० कार्तिक २३ गते बिहीबार

    धरानमा विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन

    काठमाडौं । धरानमा विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गर्न समिति गठन भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको निर्देशन अनुसार धरान उपमहानगरपालिकामा विमानस्थल निर्माणको लागि सम्भाव्यता अध्ययन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले तीन सदस्यीय समिति गठन गरेको हो ।

    प्राधिकरणका प्रबन्धक इन्जिनियर नलविक्रम थापा संयोजक रहेको समितिमा प्रबन्धक अनिल बस्नेत र वरिष्ठ अधिकृत विमल खनाल सदस्य रहेका छन् ।


    images
    images

    Logo