images
images

सिमरा विमानस्थलमा हवाइ इन्धन डिपो राख्न सम्झौता


  • 308
    SHARES
  • २०८० कार्तिक २३ गते बिहीबार

    सिमरा विमानस्थलमा हवाइ इन्धन डिपो राख्न सम्झौता

    सिमरा । काठमाडौंबाट छोटो दुरीमा रहेको सिमरा विमानस्थलमा हवाइ इन्धन डिपो राख्न सम्झौता भएको छ । आयल निगमको सिनामंगलस्थित हवाइ इन्धन कार्यालयका प्रमुख प्रदीपकुमार यादव र सिमरा विमानस्थल कार्यालयका प्रमुख सूर्यबहादुर खत्रीले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

    Simara airport... samjhautaa.jpg

    सम्झौतासँगै अब सिमरा विमानस्थलमा अवतरण गर्ने जहाजले इन्धन भर्न सक्ने छन् । इन्धन भर्ने सुविधा छठलगत्तै सुरु गर्ने गरी सम्झौता भएको हवाइ इन्धन कार्यालयका प्रमुख यादवले जानकारी दिए ।

    डिपो स्थापना गर्नका लागि नागरिक उड्डयन प्राधिकरण सिमराले पाँच कठ्ठा जमिन उपलब्ध गराउनेछ। सोही जमिनमा हवाइ डिपो स्थापना गरिनेछ ।

    देशकै पुरानो विमानस्थलमध्येको एक सिमरा विमानस्थलमा हवाइ इन्धन भर्ने डिपो स्थापनाका लागि माग हुँदै आएको थियो। इन्धन भर्ने सुविधा नहुँदा काठमाडौंमा मौसम र ञएयर ट्राफिकझका कारण अवतरण गर्न नसकेका जहाज भैरहवा र विराटनगर डाइभर्ट हुँदै आएका थिए ।

    काठमाडौंबाट छोटो दुरीमा भए पनि डिपो नहुँदा जहाज अन्यत्र पठाइने गरिएको थियो । आन्तरिक हवाइ सेवा प्रदायक संस्थाले पनि सिमरामा इन्धन भर्ने सुविधा उपलब्ध गराउन माग गर्दै आएका थिए ।


    images
    images

    Logo