काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले एसियाली बैंकहरुलाई नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् ।
नेपाल बैंकर एशोसियनले काठमाडौँमा आयोजना गरेको एसियन बैंकर एसोसिएशनको ३९औँ एबीए कन्फ्रेन्सको उद्घाटन समारोहमा बोल्दै अर्थमन्त्री महतले उक्त आग्रह गरेका हुन् ।
समारोहमा बोल्दै महतले भने,‘नेपाली जलविद्युतमा नेपाली निजी लगानीकर्ताका साथै एडीबी, वल्ड्बैक, लगाएत अन्य विदेशी कम्पनीहरुले समेत लगानी गरिरहेकोले यो क्षेत्र लागानीका लागि सुरक्षीत रहेको छ । त्यसैले, तपाईंहरुले समेत ढुक्कसँग लगानी गर्नुस्।’ अहिलेको विश्वब्यापी आवश्यकता भनेकै हरित उर्जाको भएको बताए ।
‘नेपालसँग प्रशस्त मात्रामा विद्युत उत्पादनको अवसर छ, तेस्तै भारतले १० हजार मेघावाटको बजार समेत सुनिस्चित गरिदिएको छ, त्यसैले यो समय भनेको नेपाली जलविद्युतमा लगानी गर्ने उत्तम समय र सहि अवसर हो । त्यसैले म तपाईं बैंकरहरुसँग आग्रह गर्छु कि नेपाली जलविद्युतमा लगानी गर्नुस् ।’
एसोसिएशनको बैंकिङ कन्फ्रेन्स कर्तिक २३ र २४ गते दुई दिनसम्म चल्ने छ । भने यो कन्फ्रेन्समा २७ देशका ७० भन्दा धेरै बैंकका सिइओहरुको सहभागिता रहेको छ ।



