काठमाडौं । आज एकैदिन हजार रुपैयाँले सुनको मुल्य घटेको छ । विहीबार प्रतितोला १ लाख १३ हजार ७ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १४ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ हजार रुपैयाँले घटेर १ लाख १३ हजार ७ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
त्यस्तै, त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १३ हजार १ सय ५० रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ८० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।