images
images

पर्यटन मन्त्रालय मातहत निकायबाट ४ करोड बढी सहयोग


  • 282
    SHARES
  • २०८० कार्तिक २२ गते बुधबार

    पर्यटन मन्त्रालय मातहत निकायबाट ४ करोड बढी सहयोग

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मातहतका निकायबाट भूकम्पीडितका लागि सहयोग जुटाएको छ । मन्त्रलयले आज प्रधामन्त्री रहत कोषमा ४ करोड १३ लाख ९८ हजार ९ सय ८८ रुपैयाँ सङ्कलन भएको रकम जम्मा गरेको हो । 

    मन्त्रालय मातहतका विभिन्न निकायबाट जम्मा भएको रकम आज पर्यटनमन्त्री सुदन किरातीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई हस्तान्तरण गरेको मन्त्रालयले जनाएको छ ।
     
    सहयोग रकम जम्मा गर्नेहरुमा नेपाल नागरिक उड्डयन प्राधिकरण रू एक करोड, नेपाल वायुसेवा निगम रू पच्चीस लाख, पर्यटन बोर्ड ५० लाख रुपैयाँ, पशुपति क्षेत्र विकास कोष २१ लाख २१ हजार २ सय ११ रुपैयाँ, नेपाल पर्वतारोहण सङ्घ ३१ लाख ११ हजार १ सय ११ रुपैयाँ, एयर डाइनेष्टिी हेलिकप्टर ११ लाख ११ हजार १ सय ११ रुपैयाँ, कैलाश हेलिकप्टर १० लाख  रुपैयाँ रहेका छन् ।

    त्यस्तै क्यासिनो मोजाङ ५ लाख रुपैयाँ, क्यासिनो मोजाङ नेपालगञ्ज ५ लाख रुपैयाँ, डेल्टिन क्यासिनो काठमाडौँ ५ लाख रुपैयाँ, क्यासिनो वेलिज काठमाडौँ ५ लाख रुपैयाँ, क्यासिनो प्राइड काठमाडौँ ५ लाख रुपैयाँ, क्यासिनो प्यालेस काठमाडौँ ५ लाख रुपैयाँ, क्यासिनो प्यालेस झापाले ५ लाख रुपैयाँ पर्यटन मन्त्रालयमा जम्मा गरेका छन् । 


    images
    images

    Logo