images
images

पोखरा महानगरले तोक्यो सयपत्री फूलको मूल्य, एउटै थुङ्गाको ५ रुपैयाँ सम्म


  • 385
    SHARES
  • २०८० कार्तिक २२ गते बुधबार

    पोखरा महानगरले तोक्यो सयपत्री फूलको मूल्य, एउटै थुङ्गाको ५ रुपैयाँ सम्म

    काठमाडौं । पोखरा महानगरपालिकाले सयपत्री फूलको मूल्य तोकेको छ । पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा, पुष्प व्यवसायी संघ कास्की, श्री कम्प्लेक्स, कृषि सञ्जाल तथा सयपत्री फूल उत्पादक कृषकहरूको संयुक्त बैठकको निर्णयअनुसार सयपत्री फूलको मूल्य तोकेको हो । 

    महानगरले फूललाई ‘ए’, ‘बि’ र ‘सि’ गरि तीनवटा श्रेणीमा वर्गीकरण गरेको छ । 

     ‘ए’ ग्रेडको थुङ्गा १५ देखि २० ग्रामको हुनेछ ।  ‘ए’ ग्रेडको सयपत्री फूलको थुङ्गालाई ५ रुपैयाँ मूल्य निर्धारण गरिएको छ। प्रति मालाको २ सय रुपैयाँ मूल्य तोकिएको छ ।

    १० देखि १५ ग्राम तौल भएको थुङ्गालाई ‘बि’ ग्रेडमा वर्गीकरण गरिएको छ । प्रति थुङ्गाको ४ रुपैयाँ र मालाको १८० रुपैयाँ मूल्य निर्धारण गरिएको हो ।

    ५ देखि १० ग्राम तौल भएको ‘सि’ ग्रेडको थुङ्गालाई २ रुपैयाँ र मालाको १५० रुपैयाँ निर्धारण गरिएको छ। प्रतिकेजीको ४ सय रुपैयाँ मूल्य निर्धारण गरिएको महानगरले जनाएको छ । 

    पोखरा महानगरभित्र सयपत्री फूल आयात र प्लास्टिकको फूलको बिक्री वितरणमा प्रतिबन्ध लगाइएको छ । 

    pokhara.jpg


    images
    images

    Logo