images
images

पोखराको लेकसाइड २४सै घण्टा खोल्न उच्च अदालतको आदेश


  • 254
    SHARES
  • २०८० कार्तिक २२ गते बुधबार

    पोखराको लेकसाइड २४सै घण्टा खोल्न उच्च अदालतको आदेश

    पोखरा । पोखराको पर्यटकीय केन्द्र लेकसाइडमा २४सै घण्टा व्यापार व्यवसाय खोल्न दिन उच्च अदालत पोखराले आदेश दिएके छ । व्यापार, व्यवसाय गर्न रोक नलगाउन मागसहित दायर गरिएको रिटमाथि उच्चले बुधबार उक्त आदेश गरेको हो ।

    देवीकुमारी बरालको रिटमा कायम मुकायम मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजालासले उक्त आदेश गरेको हो । निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता मोहननाथ कोइराला, अधिवक्तात्रय शिवराज वाग्ले, दीपक पराजुली र दिनेश आचार्यले बहस गरेका थिए ।

    निवेदकलाई कानून बमोजिम व्यापार व्यवसाय गर्न रोक्ने, रोक्न लगाउने कार्य नगर्नु नगराउनु भनी उच्च अदालत नियमावली, २०७३ को नियम ४२ तथा मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५८ बमोजिम विपक्षीहरुका नाममा अन्तरिम आदेश जारी गरिएको हो ।

    निवेदन माग अनुसारको आदेश जारी हुनु नपर्ने भए आधार, कारण एवं प्रमाणसहित म्याद सूचना भएको मितिले बाटाको म्यादबाहेक १५ दिनभित्र विपक्षीहरुका हकमा उच्च सरकारी वकिल कार्यालय पोखरामार्फत्, लिखित जवाफ पेस गर्न पनि अदालतको आदेश जारी गरेको छ ।

    गृह प्रशासन सुधार कार्ययोजना २०७४ को बुँदा नम्बर २५ मा ठमेल, दरबारमार्ग, पोखराको लेकसाइड जस्ता पर्यटकको आवागमन बढी हुने क्षेत्रहरुमा २४ घण्टा बजार खुला रहने गरी आवश्यक सुरक्षाको प्रबन्ध गरिने छ भन्ने व्यवस्था भएको निवेदकको दाबी थियो ।


    images
    images

    Logo