images
images

२० फर्ममाथि वाणिज्य विभागको अनुगमन, एकै पसललाई २ लाख जरिवाना


  • 265
    SHARES
  • २०८० कार्तिक २२ गते बुधबार

    २० फर्ममाथि वाणिज्य विभागको अनुगमन, एकै पसललाई २ लाख जरिवाना

    काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षणले मंगलबार २० फर्ममाथि अनुगमन गरेको छ । मंगलबार बजार अनुगमनको क्रममा विभागले इलेक्ट्रिकल/ इलेक्ट्रोनिक्स, भाँडाकुडा, मदिरा एवम सूर्तिजन्य र अन्य पसललाई कारवाही गरेको हो । 

    विभागको संयुक्त अनुगमन टोलीले बिल बिजक, दर्ता प्रमाण–पत्र राख्नु पर्ने नराखेको र दर्ता प्रमाण पत्र नराखेको गुणस्तर, परिमाण, मुल्य, नापतौलमा हेरफेर गरेको र अनुगमनको क्रममा असहयोग गरेको अभियोगमा सम्बन्धित पसलबाट यो परिमाणमा आर्थिक जरिवाना गरेको हो ।

    मंगलबार २० वटा व्यापारिक प्रतिष्ठानमा अनुगमन गरिएको थियो । यसमध्ये कैफियत भेटिएको ८ व्यापारिक प्रतिष्ठानलाई जरिवाना तिराएको छ भने अन्यलाई सुधार गर्न निर्देशन दिइएको छ ।

    विभागले कलंकीमा रहेको मदिरा एवम सूर्तिजन्यलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ भने गोकर्णेश्वर र काठमाडौंमा रहेका २ वटा इलेक्ट्रिकल / इलेक्ट्रोनिक्स २०/२० हजार रुपैयाँका दरले जरिवाना गरेको छ । 

    त्यस्तै, अन्य बाँकी ६ पसललाई ५ हजार रुपैयाँ देखि १० हजार रुपैयाँसम्म जरिवाना गरेको छ ।  नियमित अनुगमनका क्रममा विभागले विभिन्न पसललाई कागजातसहित विभागमा उपस्थित हुन भनेको छ भने कतिपयलाई सामान्य निर्देशन दिएको छ ।

     


    images
    images

    Logo