images
images

निरन्तर घट्दै सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?


  • 461
    SHARES
  • २०८० कार्तिक २२ गते बुधबार

    निरन्तर घट्दै सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । आज पनि सुनको मूल्य घटेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १४ हजार ७ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    लगातार आइतबारदेखि घटेको सुनको मूल्य आज बुधबार पनि घट्न पुगेको छ ।मगलबार प्रतितोला १ लाख १५ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १४ हजार ७ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १४ हजार १ सय ५० रुपैयाँमा कायम भएको छ भने चाँदी प्रतितोला १ हजार ३ सय ८५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

     


    images
    images

    Logo