images
images

भूकम्प प्रभावितका लागि चीन सरकारले थप २६ करोड दिने


  • 347
    SHARES
  • २०८० कार्तिक २१ गते मंगलबार

    भूकम्प प्रभावितका लागि चीन सरकारले थप २६ करोड दिने

    काठमाडौं । भूकम्प प्रभावितहरूको राहतका लागि चीन सरकारले थप २६ करोड रुपैयाँको सहयोग गर्ने भएको छ । नेपालका लागि चिनियाँ राजदूत छन् सोङ्ले मंगलवार सामाजिक सञ्जालमार्फत जाजरकोट भूकम्पबाट प्रभावित बनेकाहरूका लागि थप २६ करोड रुपैयाँको सहयोग गर्ने जानकारी दिएका हुन् ।

    भूकम्प प्रभावितहरूको राहतका लागि उक्त सहयोग प्रदान गरिएको उनले बताएका हुन् । यस्तै, चीनको रेडक्रस सोसाइटीले १ लाख अमेरिकी डलर भूकम्पपीडितका लागि उपलब्ध गराउने राजदूत सोङ्ले जानकारी दिएका छन् ।

    यसअघि चीनले १० करोड मूल्य बराबरको राहत सामग्री नेपाल पठाएको थियो ।

    गत शुक्रवार राति जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पपछि चीन सरकारले १० करोड मूल्य बराबरका सामग्री नेपाललाई उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो ।


    images
    images

    Logo