images
images

बाग्मती प्रदेश मन्त्रीका अंगरक्षक झुन्डिएको अवस्थामा फेला


  • 350
    SHARES
  • २०८० कार्तिक २१ गते मंगलबार

    बाग्मती प्रदेश मन्त्रीका अंगरक्षक झुन्डिएको अवस्थामा फेला

    काठमाडौं । बाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुललाका अंगरक्षक (पीएसओ) मृत फेला परेका छन् । 

    मन्त्री दुलालका पीएसओ यामबहादुर सुवेदी मंगलबार हेटौडा उपमहानगरपालिका वडानम्बर ११ को बनदेवी मन्दिर परिसरमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् । 

    उनी मंगलबार विहान झुन्डिएको अवस्थामा भेटिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

     


    images
    images

    Logo