images
images

गौतम बुद्ध क्रिकेट स्टेडियम निर्माणकाे ७० प्रतिशत लागत बागमती प्रदेशले बेहोर्ने


  • 560
    SHARES
  • २०८० कार्तिक २१ गते मंगलबार

    गौतम बुद्ध क्रिकेट स्टेडियम निर्माणकाे ७० प्रतिशत लागत बागमती प्रदेशले बेहोर्ने

    काठमाडौं । चितवनको गौतम बुद्ध क्रिकेट स्टेडियम निर्माणका लागि बागमती प्रदेश सरकारले लगानी गर्ने भएके छ । मंगलबार हेटौंडामा बसेको भरतपुर महानगरपालिका र बागमती प्रदेश सरकारबिचको बैठकमा उक्त रंगशाला निर्माणका लागि लगानी गर्ने सहमति भएको हो ।

    उक्त बैठकले यस अघि भएका आर्थिक क्रियाकलाप र ऋण सम्बन्धी सम्पूर्ण जिम्मेवारी महानगरपालिका र संघीय सरकारले व्यवस्थापन गर्ने निर्णय गरेको छ । सो बैठकमा छिट्टै नै ठेक्का आह्वान गरी रंगशाला निर्माणको काम अघि बढाइने निर्णयसमेत गरिएको छ । 

    महानगरपालिकाले तयार पारेको पहिलो चरणको लागत अनुमानको प्रस्ताव अनुसार काम सुरु गरिने छ । महानगरपालिकाले पहिलो चरणमा १० हजार दर्शक अट्ने प्याराफिट सहित क्रिकेट पिच र मैदान निर्माणको काम गर्ने निर्णय गरेको छ ।

    उक्त कामका लागि महानगरपालिकाले तयार पारेको लागत अनुमान प्रस्ताव अनुसार ७५ करोड रुपैयाँ लगानी लाग्नेछ । उक्त लागत अनुमानको ७० प्रतिशत बागमती प्रदेश सरकारले व्यहोर्ने र ३० प्रतिशत रकम महानगरपालिकाले व्यहोर्ने सहमति सहित निर्णय भएको छ ।

    यसअघि प्रदेश सरकारले बजेटमा नै रंगशाला निर्माणका लागि ५ करोड छुट्याइसकेको थियो । 


    images
    images

    Logo