images
images

प्राधिकरणले गर्यो दुई इन्टरनेट सेवा प्रदायकको लाइसेन्स खारेज 


  • 455
    SHARES
  • २०८० कार्तिक २१ गते मंगलबार

    प्राधिकरणले गर्यो दुई इन्टरनेट सेवा प्रदायकको लाइसेन्स खारेज 

    काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले दुई वटा इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र खारेज गरेको छ । शुक्रबार प्राधिकरणले एक सुचना जारी गर्दै  गल्कोट लिंक प्रालि, बागलुङ र सुर्खेत केबल नेट टिभी प्रालि सुर्खेतको अनुमतिपत्र खारेज गरेको हो ।

    प्राधिकरणले जारी गरेको सूचनाका अनुसार यी कम्पनीहरुले नवीकरणका लागि समयावधि भित्र निवेदन पेश नगरेपछि नियामकले लाइसेन्स खारेज गरिएको हो ।

    प्राधिकरणका अनुसार दूरसञ्चार ऐन, २०५३ को दफा २५ (५) अनुसार यी सेवाप्रदायकको अनमतिपत्र स्वतः खारेज भएको छ । साथै दुवै कम्पनीलाई आगामी ३० दिनभित्र तिर्नुपर्ने रकम बुझाउन पनि निर्देशन दिएको छ भने अन्यथा प्रचिलित कानून बमोजिम कारबाही प्रक्रिया अघि बढ्ने प्राधिकरणले जनाएको छ । 

    Capture.JPG

     


    images
    images

    Logo