काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १५ हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार प्रतितोला १ लाख १५ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ४ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १५ हजार ४ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । सोमबार पनि सुनको मूल्य ५ सय रुपैयाँले घटेको थियो ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १४ हजार ४ सय ५० रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।