images
images

पाटन अस्पतालका कर्मचारी आन्दोलनमा, आकस्मिकबाहेकका सबै सेवा बन्द


  • 230
    SHARES
  • २०८० कार्तिक २१ गते मंगलबार

    पाटन अस्पतालका कर्मचारी आन्दोलनमा, आकस्मिकबाहेकका सबै सेवा बन्द

    काठमाडौं । ललितपुरको पाटन अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीले आकस्मिकबाहेकका सबै उपचार सेवा ठप्प पारेर आन्दोलन सुरु गरेका छन् । शनिबार अस्पतालमा मृत्यु भएका दुई बिरामीका आफन्तले अस्पतालका चिकित्सकमाथि कुटपिट गरेको विरोधमा पाटन अस्पतालका आवासीय चिकित्सकसहित सम्पूर्ण स्वास्थ्यकर्मीले अस्पतालको सेवा ठप्प पारेका हुन् ।

    गत शनिबार पाटन अस्पतालमा उपचाररत दुई बिरामीको सुईको माध्यमबाट एन्टिबायोटिक औषधि दिएको पाँच मिनेटमै मृत्यु भएपछि मृतकका आफन्तले उपारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीमाथि हातपात गरेका थिए । सोही घटनाको विरोधमा पाटन अस्पतालका चिकित्सक र स्वास्थ्कर्मी आन्दोलित भएका हुन् । 

    अस्पतालमा कार्यरत सम्पूर्ण चिकित्सक तथा स्वाथ्यकर्मीको तर्फबाट सोमबार जारी विज्ञप्तिमा कार्यस्थलमा काम गर्ने वातारण सुरक्षित नभएसम्म र दोषीलाई पकाउ गरेर कारबाही नभएसम्म आकस्मिक बाहेकका सबै उपचार सेवा बन्द गर्ने उल्लेख छ । 

    चिकित्सक र स्वास्थ्यकर्मीले उपचारमा संलग्न डाक्टर र नर्सलाई कुटपिट, गालीगलौज, दुव्र्यवहार र ज्यान मार्ने धम्की दिँदै बन्धक बनाइ स्वास्थ्य सेवा प्रवाहमा दखल पुर्याएको र प्रशासनले दोषीलाई पक्राउ गरेर कारबाही नगरेको आरोप लगाएका छन् । 

    Patan Hospital.jpg


    images
    images

    Logo