काठमाडौं । नागरिक लगानी कोषको कार्यकारी निर्देशक पदका लागि विज्ञापन खुलेको छ । अर्थ मन्त्रालयले गठन गरेको सिफारिस समितिले यस्तो इच्छुकहरुका लागि आवेदन आह्वान गरेको हो ।
कोषको ऐनमा उल्लेखित योग्यता पूरा भएका व्यक्तिले ५ हजार शब्दसम्मको व्यवसायिक कार्ययोजना सहित आवेदन दिनसक्ने उल्लेख गरिएको छ ।
२०७५ साल कात्तिक २६ गते नियुक्त भएका रमण नेपालको कार्यकाल सकिन एक साता मात्रै बाँकी रहँदा नयाँ विज्ञापन खुलेको हो । इच्छुक व्यक्तिले मंसिर ११ गतेभित्र यस्तो आवेदन दिन सक्नेछन् ।