images
images

२१ फर्ममाथि वाणिज्य विभागको अनुगमन, एकै पसललाई ३ लाख जरिवाना 


  • 318
    SHARES
  • २०८० कार्तिक २० गते सोमबार

    २१ फर्ममाथि वाणिज्य विभागको अनुगमन, एकै पसललाई ३ लाख जरिवाना 

    काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षणले सोमबार २१ फर्ममाथि अनुगमन गरेको छ । सोमबार बजार अनुगमनको क्रममा विभागले खाद्य वस्तु, किराना पसल, भाँडाकुडा, विविध र अन्य पसललाई कारवाही गरेको हो ।

    विभागको संयुक्त अनुगमन टोलीले बिल बिजक, दर्ता प्रमाण–पत्र राख्नु पर्ने नराखेको र दर्ता प्रमाण पत्र नराखेको गुणस्तर, परिमाण, मुल्य, नापतौलमा हेरफेर गरेको र अनुगमनको क्रममा असहयोग गरेको अभियोगमा सम्बन्धित पसलबाट यो परिमाणमा आर्थिक जरिवाना गरेको हो ।

    सोमबार २१ वटा व्यापारिक प्रतिष्ठानमा अनुगमन गरिएको थियो । यसमध्ये कैफियत भेटिएको ८ व्यापारिक प्रतिष्ठानलाई जरिवाना तिराएको छ भने अन्यलाई सुधार गर्न निर्देशन दिइएको छ ।

    विभागले  सिपाडोलमा रहेको विविध पसलालई ३ लाख रुपैयाँ जरिवाना गरेको छ भने कालिमाटीमा रहेको भाँडाकुडा र नयाँ बानेश्वरमा रहेको अन्य पसललाई २०/२० हजार रुपैयाँका दरले जरिवाना गरेको छ । 

    त्यस्तै, बुद्धनगरमा रहेको किराना पसललाई १५ हजार रुपैयाँ जरिवाना गरेको छ भने काठमाडौंमा रहेको किराना पसललाई १० रुपैयाँ जरिवाना गरेको छ । त्यस्तै, अन्य ३ पसललाई ५/५ हजार रुपैयाँका दरले जरिवाना गरेको छ । 

    नियमित अनुगमनका क्रममा विभागले विभिन्न पसललाई कागजातसहित विभागमा उपस्थित हुन भनेको छ भने कतिपयलाई सामान्य निर्देशन दिएको छ ।

     


    images
    images

    Logo