images
images

पर्साका तत्कालीन मालपोत अधिकृतसहित १० जना विरुद्ध भ्रष्टाचार मुद्दा


  • 276
    SHARES
  • २०८० कार्तिक २० गते सोमबार

    पर्साका तत्कालीन मालपोत अधिकृतसहित १० जना विरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजश्व दुरुपयोग गरेको अभियोगमा मालपोत कार्यालय पर्साका अधिकृत हरिनारायण मिश्रसमेत १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    मालपोत कार्यालय पर्साको रजिष्ट्रेशन फाँटमा कार्यरत कर्मचारीको मिलेमतोमा जग्गा किनबेचका क्रममा विभिन्न लिखतबाट उठेको राजश्व नियमानुसार दाखिला नगरी हिनामिना गरेको अनुसन्धानबाट खुलेको आयोगको भनाइ छ ।

    आयोगले मालपोत कार्यालय, पर्साका तत्कालीन मालपोत अधिकृत हरिनारायण मिश्रविरुद्ध २ करोड ९ लाख ३१ हजार ६ सय ४७ रुपैयाँ बिगो दावी गरेको छ । यस्तै, मालपोत अधिकृत भूपबहादुर बोगटीविरुद्ध १ करोड ४९ लाख ६९ हजार १ सय ४५ रुपैयाँ, मालपोत अधिकृत गोपालबहादुर ढुंगाना विरुद्ध ३५ लाख ४५ हजार ९ सय ५० रुपैयाँ, मालपोत अधिकृत पर्साका तत्कालीन अधिकृत पदमप्रसाद अर्याल विरुद्ध १६ लाख ८१ हजार ६ सय रुपैयाँ बराबरको बिगो र कैदको माग दाबी गरेको छ । 

    यस्तै, मालपोत अधिकृत चन्द्रबहादुर भण्डारीविरुद्ध २ लाख ४४ हजार ४ सय ६२ रुपैयाँ, तत्कालीन कम्प्युटर अधिकृत कमोद तिवारीविरुद्ध १ करोड ४१ लाख ४७ एक सय ७१ रुपैयाँ, तत्कालीन नायब सुब्बा किरणप्रसाद उपाध्यायविरुद्ध ५ करोड ५५ लाख १९ हजार ९ सय ७५ रुपैयाँ बराबरको बिगो र कैद दावी गरिएको आयोगले जनाएको छ । 

    आरोपी सबैलाई कारवाहीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए । 


    images
    images

    Logo