images
images

वायुसेवा सुधारका लागि तयार पारिएको प्रतिवेदन कार्यान्वयन गर्न समिति गठन


  • 248
    SHARES
  • २०८० कार्तिक २० गते सोमबार

    वायुसेवा सुधारका लागि तयार पारिएको प्रतिवेदन कार्यान्वयन गर्न समिति गठन

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वायुसेवा सुधारका लागी तयार पारिएको प्रतिवेदन कार्यान्वयन सुझाव समिति गठन गरेको छ । पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्री संयोजक रहेको समितिलाई मन्त्रालयले वायुसेवा निगमको संरचनागत र व्यवस्थापकीय व्यवस्थापन समितिको प्रतिवेदन कार्यान्वयन सुझाव समिति गठन गरेको हो ।

    वायुसेवा निगम सुधारका लागि व्यावसायिक र संरचनागत सुधार गर्न तयार पारिएको प्रतिवेदन कार्यान्वयनका लागि समिति तयार पारिएको मन्त्रालयले जनाएको छ ।

    क्षेत्रीको संयोजकत्वमा तयार पारिएको प्रतिवेदन कार्यान्वयनका लागि निगमका पूर्व महाप्रबन्धक कुलबहादुर लिम्बुको संयोजकत्वमा समिति गठन भएको हो ।

    त्यस्तै,समितिको सदस्यमा सञ्चारकर्मी टिकाराम राई,वायुसेवा निगमको सञ्चालक समितिमा मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सह सचिव र वायुसेवा निगमको प्रशासन महाशाखाको विभागीय प्रमुख रहने गरी समिति बनेको छ ।


    images
    images

    Logo