images
images

राष्ट्रपतिको युरोप भ्रमण स्थगित


  • 279
    SHARES
  • २०८० कार्तिक २० गते सोमबार

    राष्ट्रपतिको युरोप भ्रमण स्थगित

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित भएको छ । भूकम्पपछि देशको अवस्था प्रतिकुल भएको भन्दै राष्ट्रपतिले हालका लागि यूरोप भ्रमण स्थगन गरेका हुन् । 

    फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस फोरममा भाग लिन राष्ट्रपति २२ कात्तिकमा त्यसतर्फ जाने र त्यसपछि जर्मनी र इटालीको भ्रमण गरेर १ मंसिरमा स्वदेश फर्किने तय भएको थियो ।

    तर गत शुक्रबार जाजरकोटको बारेकोट गाउँपालिका-१ रामीडाँडालाई केन्द्रविन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्पले जारजकोट र रुकुम पश्चिममा गरी १५३ जनाको मृत्यु  र सय भन्दा धेरै घाइते भएपछि राष्ट्रपतिलाई विदेश भ्रमण स्थगित गर्न सार्वजनिक रुपमा दबाब परेको थियो ।


    images
    images

    Logo