images
images

महानगरको ‘साथी महानगर’ स्वर्णिम योजना कार्यान्वयनमा, के– के छन् ?


  • 215
    SHARES
  • २०८० कार्तिक २० गते सोमबार

    महानगरको ‘साथी महानगर’ स्वर्णिम योजना कार्यान्वयनमा, के– के छन् ?

    काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘साथी महानगर’ स्वर्णिम योजना कार्यान्वयनमा ल्याएको छ । भेटौँला, महानगरबासिको दुःख मटौँला उद्देश्यका साथ महानगरवासीसँगको आत्मीय र भावनात्मक सम्वन्धका लागि काठमाडौं महानगरपालिकाको ‘साथी महानगर’ स्वर्णिम योजना कार्यान्वयनमा ल्याएको हो । 

    सहरी गरिब र विपन्न वर्गको दैनिकीमा आइपर्ने गर्जोमा साथ दिने यस कार्यक्रमको उद्देश्य रहेको महानगरले जनाएको छ । सुत्केरी महिलालाई पोसिलो खानेकुराको अभाव नहोस्, किरिया खर्चको अभावमा संस्कार छोड्नु नपरोस्, जोखिममा रहेका बालबालिका, ज्येष्ठ नागरिक, महिला, अपाङ्गता भएका व्यक्तिले एक्लो महसुस गर्न नपरोस् भन्ने उद्देश्य कार्यक्रमको रहेको महानगरले जनाएको छ । 

    त्यसका लागि आफू बसिरहेको वडा कार्यालय वा काठमाडौँ महानगरपालिकाको सामाजिक विकास विभाग अन्तर्गत साथी महानगर परियोजना कार्यान्वयन इकाइमा सम्पर्क गर्न सकिनेछ ।  

    किरिया खर्च

    महानगरभित्र बस्ने विपन्न परिवारमा कसैको मृत्यु भएको खण्डमा महानगरले २० हजार रूपैयाँ किरिया खर्च उपलब्ध गराउनेछ । विपन्न अन्तर्गत घर जग्गा आफ्नो स्वामित्वमा नरहेको, परिवारमा कुनै सदस्यको नियमित रोजगारी नभएको, विगत १ वर्ष भित्र कुनै पनि वैदेशिक रेमिटेन्स प्राप्त नगरेको, शारीरिक तथा मानसिक रूपमा अस्वस्थ रहेको, शारीरिक अपाङ्गता रहेको, कुपोषित गर्भवती तथा कुपोषित बच्चा रहेको, परिवारमा अन्य १५–६० वर्षका व्यक्ति नरहेको भनी वडा कार्यालयमा सिफारिस लिनुपर्ने महानगरले जनाएको छ ।   

    त्यस्तै घर जग्गा आफ्नो स्वामित्वमा नरहेको, परिवारमा कुनै सदस्यको नियमित रोजगारी नभएको, विगत १ वर्ष भित्र कनै पनि वैदेशिक रेमिटेन्स प्राप्त नगरेको, शारीरिक तथा मानसिक अस्वस्थ रहेकोलाई परिवारको हकमा महानगरपालिकाले १५ हजार सम्म किरिया खर्च उपलब्ध गराउने छ । 

    सुत्केरी सहयोग

    शारीरिक तथा मानसिक रूपमा अस्वस्थ रहेको, शारीरिक अपाङ्गता रहेको, कुपोषित गर्भवती तथा कुपोषित बच्चा रहेको, परिवारमा अन्य १५–६० वर्षका व्यक्ति नरहेको सुत्केरीलाई काठमाडौं महानगरले साथी महानगर (स्वर्णिम योजना) अन्तर्गत १० हजार सहयोग गर्नेछ । 

    यस्तै ४२ दिन भित्रको सुत्केरी, परिवारमा अन्य १५६० वर्षका व्यक्ति नरहेको, परिवारमा कुनै सदस्यको नियमित रोजगारी नभएको सुत्केरीलाई भने महानगरले ७ हजार ५ सय सुत्केरी खर्च उपलब्ध गराइने छ ।

     

     


    images
    images

    Logo