काठमाडौं । नेकपा एमाले कोशी प्रदेशले मुख्यमन्त्री केदार कार्कीलाई दिएको विश्वासको मत कायम राख्ने निर्णय गरेको छ । सोमबार बसेको दलको बैठकले मन्त्रीले राजीनामा दिए पनि विश्वासको मत भने कायम राख्ने र प्रतिपक्षमा बस्ने निर्णय गरेको हो ।
एमालेको समर्थनमा मुख्यमन्त्री केदार कार्कीले सत्ता गठबन्धनका दुई जनालाई मन्त्री बनाएपछि एमाले रुष्ट छ । यता सत्ता गठबन्धनले राप्रपालाई सभामुख दिएर सत्ता जोगाउने कसरतमा लागेको छ ।
कोशीमा एमालेको समर्थनमा काङ्ग्रेसबाट विद्रोह गरेका कार्की संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री नियुक्त भएका थिए । सरकार निर्माणका क्रममा कार्कीका पक्षमा कांग्रेसका ८ जना तथा एमालेका ३९ सांसद गरी ४७ सांसदको समर्थन जुटेको थियो ।