काठमाडौं । आज सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले तोकेअनुसार आज सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेको हो ।
आइतबार १ लाख १५ हजार ९ सय रुपैयाँ रहेको सुनको भाउ आज घटेर १ लाख १५ हजार ४ सय रुपैयाँ पुगेको छ ।
त्यस्तै, छापावाला सुन पनि तोलामा ४०० रुपैयाँले घटेर १ लाख १४ हजार ८५० रुपैयाँ पुगेको छ ।
चाँदीको मूल्य भने आज स्थिर रहेको छ । आइतबार १ हजार ४ सय १५ रुपैयाँ रहेको चाँदी आज पनि मूल्यमा कारोबार हुने महासंघले जनाएको छ ।