images
images

साल्ट ट्रेडिङले खुद्रा पसललाई दिन थाल्यो चिनी, सर्वसाधारणलाई भन्दा १५.५ रुपैयाँ महँगो


  • 1.4K
    SHARES
  • २०८० कार्तिक २० गते सोमबार

    साल्ट ट्रेडिङले खुद्रा पसललाई दिन थाल्यो चिनी, सर्वसाधारणलाई भन्दा १५.५ रुपैयाँ महँगो

    काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले खुद्रा पसललाई चिनी दिन थालेको छ । आज सूचना जारी गर्दै साल्ट ट्रेडिङले २५० केजी सम्म चिनी पसलबाट खुद्रा बिक्री वितरण गर्ने गरि दिने भएको हो ।

    साल्ट ट्रेडिङले पसलेलाई ५० केजीका ५ बोरासम्म उपलब्ध गराउने सूचनामा उल्लेख गरिएको छ । चिनी लिन भने साल्ट ट्रेडिङको  कार्यालय कालिमाटी जानुपर्ने जनाइएको छ । 

    उक्त चिनि प्रतिकेजी ११२ रुपैयाँ ५० पैसा पर्ने सूचनामा उल्लेख गरिएको छ ।

    व्यक्तिगत प्रयोजनका लागि भने साल्ट ट्रेडिङको काठमाडौंमा भएका बिक्रीकक्षबाट ९७ रुपैयाँ प्रतिकेजी का दरले दुई केजी उपलब्ध गराउने उल्लेख गरिएको छ ।

    STC.jpg


    images
    images

    Logo