images
images

२१ फर्ममाथि वाणिज्य विभागको अनुगमन, ४ पसललाई ४५ हजार जरिवाना 


  • 382
    SHARES
  • २०८० कार्तिक १९ गते आइतबार

    २१ फर्ममाथि वाणिज्य विभागको अनुगमन, ४ पसललाई ४५ हजार जरिवाना 

    काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षणले आइतबार २१ फर्ममाथि अनुगमन गरेको छ । आइतबार बजार अनुगमनको क्रममा विभागले इलेक्ट्रिकल /इलेक्ट्रोनिक्स, खाद्य वस्तु, भाँडाकुडा र अन्य पसललाई कारवाही गरेको हो ।

    विभागको संयुक्त अनुगमन टोलीले बिल बिजक, दर्ता प्रमाण–पत्र राख्नु पर्ने नराखेको र दर्ता प्रमाण पत्र नराखेको गुणस्तर, परिमाण, मुल्य, नापतौलमा हेरफेर गरेको र अनुगमनको क्रममा असहयोग गरेको अभियोगमा सम्बन्धित पसलबाट यो परिमाणमा आर्थिक जरिवाना गरेको हो ।

    आइतबार २१ वटा व्यापारिक प्रतिष्ठानमा अनुगमन गरिएको थियो । यसमध्ये कैफियत भेटिएको ४ व्यापारिक प्रतिष्ठानलाई ४५ हजार रुपैयाँ  जरिवाना तिराएको छ भने अन्यलाई सुधार गर्न निर्देशन दिइएको छ ।

    विभागले ललितपुरमा रहेको अन्य पसललाई २० हजार रुपैयाँ जरिवाना गरेको छ भने ललितपुरमा रहेको इलेक्ट्रिकल/इलेक्ट्रोनिक्स पसललाई १० हजार रुपैयाँ जरिवाना गरेको छ । यस्तै, कालिमाटीमा रहेको खाद्य वस्तु पसललाई १० हजार रुपैयाँ जरिवाना गरेको छ भने काठमाडौंमा रहेको भाँडाकुडा पसललाई ५ हजार रुपैयाँ जरिवाना गरेको छ । 

    नियमित अनुगमनका क्रममा विभागले विभिन्न पसललाई कागजातसहित विभागमा उपस्थित हुन भनेको छ भने कतिपयलाई सामान्य निर्देशन दिएको छ ।

     


    images
    images

    Logo