images
images

भूकम्प पीडितलाई १० लाख सहयोग दिने सिबिफिनको घोषणा


  • 282
    SHARES
  • २०८० कार्तिक १९ गते आइतबार

    भूकम्प पीडितलाई १० लाख सहयोग दिने सिबिफिनको घोषणा

    काठमाडौं । जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्प पीडितलाई बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । आइतबार प्रेस विज्ञप्ती जारी गर्दै सिबिफिनले उक्त घोषणा गरेको हो । 

    उक्त क्षेत्रमा भूकम्पका कारण भयावह अवस्थाबाट गुज्रिरहेका आम जनताको तत्काल खोज, उद्धार, घाईतेहरुको आवश्यक औषधोपचार र राहतसहित सुरक्षित पुर्नस्थापनामा सहयोग पुर्याउन जिल्ला प्रशासन कार्यालय र स्थानीय निकायमार्फत् तत्कालका लागि १० लाख रुपैयाँ दिनबारे विज्ञप्तीमा उल्लेख गरिएको छ । 


    images
    images

    Logo