काठमाडौं । आइसिसी टी–२० विश्वकप एसिया छनोटको उपाधि भिडन्तमा नेपाल पराजित भएको छ। आज भएको खेलमा बराबर रन भएपछि सुपर ओभरमा पुगेको खेलमा नेपालले राम्रो प्रदर्शन गर्न नसक्दा नेपालले आफ्नै मैदानमा कप जित्ने अवसरबाट बञ्चित भएको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा १८४ रनको विशाल स्कोर खडा गरेको थियो । १८५ रनको लक्ष्य पच्छ्याएको ओमनले पनि २० ओभरको खेलमा १८४ रन बनाएपछि खेल सुपरओभरमा पुगेको थियो ।
सुपर ओभरमा नेपालले ३ छक्काको मद्दतले २० रन बनाएको थियो । तर, नेपालले १० रन मात्रै बनाउन सक्यो ।
ओमान ओमानका लागि कश्याप प्रजापति ५२ बलमा ३ चौका र ४ छक्कासहित ६३ रन बनाए । कप्तान जिशान मकसुदले १८ बल खेल्दै दुई चौका र एक छक्का प्रहार गर्दै २६ रन बनाए । अकिब इल्यास १९ बलमा २ चौका र ३ छक्कासहित ३३ रन बनाए भने प्रतीक अथावाले सात रन जोडे ।
नेपालका लागि सन्दीप लामिछाने र करन केसीले दुई/दुई विकेट लिए भने सोमपाल कामी, गुल्शन झा, अविनाश बोहोरा र विवेक यादवले एक/एक विकेट लिए ।
नेपालको इन्ङिसमा गुल्शन झाले २५ बलमा ४ छक्का र ५ चौकाको मद्दतमा ५४ रनको योगदान दिए । नेपालले पाँचौँ विकेटका रुपमा गुल्शनलाई गुमाएको थियो । त्यस्तै कप्तान पौडेलले अविजित ५२ रन बनाए । उनले ३७ बल खेल्दै ५ चौका र २ छक्काको मद्दतमा ५२ रन बनाए ।
नेपालले पहिलो विकेटका रुपमा आशिफ शेखलाई गुमायो । छ बल खेलेको आशिफले एक छक्का प्रहार गरे । बिलाल खानको तेस्रो ओभरको चौथो बलमा आसिफ शेख कश्यप प्रजापतिबाट क्याच आउट भए ।
त्यस्तै नेपालले दोस्रो विकेटका रुपमा सन्दीप जोरालाई गुमायो । सन्दीपले १० रन बनाए । उनले १३ बलमा एक चौका प्रहार गरे । जिसन मक्सुदको बलमा सन्दीप आउट भएका हुन् ।
यसैगरी कुशल भुर्तेललाई नेपालले तेस्रो विकेटका रुपमा गुमायो । कुशलले ३१ रन बनाए । उनले २२ बलमा तीन चौका र दुई छक्का प्रहार गरे । उनी अकिब इलियासको बलमा आउट भए । चौथो विकेटका रुपमा अकिब इलियासले कुशल मल्ललाई तीन रनमा आउट गरे ।
त्यसैगरी विवेक यादवले तीन रन बनाएर आउट भए भने करन केसिले अविजित २० रन जोडे । बलिङतर्फ ओमानका बिलाल खानले तीन विकेट लिए भने अकिब इलियासले दुई विकेट लिए । त्यस्तै जिसन मक्सुदले एक विकेट लिए । यसअघि भएको समूह चरणको अन्तिम खेलमा नेपाल ओमानसँग पाँच रनले पराजित भएको थियो ।
ओमान ओमानका लागि कश्याप प्रजापति ५२ बलमा ३ चौका र ४ छक्कासहित ६३ रन बनाए । कप्तान जिशान मकसुदले १८ बल खेल्दै दुई चौका र एक छक्का प्रहार गर्दै २६ रन बनाए । अकिब इल्यास १९ बलमा २ चौका र ३ छक्कासहित ३३ रन बनाए भने प्रतीक अथावाले सात रन जोडे ।
नेपालका लागि सन्दीप लामिछाने र करन केसीले दुई/दुई विकेट लिए भने सोमपाल कामी, गुल्शन झा, अविनाश बोहोरा र विवेक यादवले एक/एक विकेट लिए ।
नेपालको इन्ङिसमा गुल्शन झाले २५ बलमा ४ छक्का र ५ चौकाको मद्दतमा ५४ रनको योगदान दिए । नेपालले पाँचौँ विकेटका रुपमा गुल्शनलाई गुमाएको थियो । त्यस्तै कप्तान पौडेलले अविजित ५२ रन बनाए । उनले ३७ बल खेल्दै ५ चौका र २ छक्काको मद्दतमा ५२ रन बनाए ।
नेपालले पहिलो विकेटका रुपमा आशिफ शेखलाई गुमायो । ६ बल खेलेको आशिफले १ छक्का प्रहार गरे । बिलाल खानको तेस्रो ओभरको चौथो बलमा आसिफ शेख कश्यप प्रजापतिबाट क्याच आउट भए ।