काठमाडौं । सरकारले २५ हजार टन चिनी खरिद प्रक्रिया आजबाट सुरु गर्ने जनाएको छ । वाणिज्य विभागका महानिर्देशक तीर्थराज चिलुवालका अनुसार उक्त चिनी तिहारअघि नै बजारमा विक्री गरिनेछ ।
भारतबाट उक्त चिनी आएसँगै बजारमा अभाव नहुने उनले बताए । उक्त चिनी आएपछि बजारमा लुकाइएको चिनी बाहिर आउने र मूल्यसमेत घट्ने चिलुवालले बताए । साथै विभागले चिनी लुकाइएको हुनसक्ने आशंकामा सादा पोशाकमा टोली खटाएर बजार अनुगमन गरिरहेको समेत उनले बताए ।
चिलुवालका अनुसार जिटूजी प्रक्रियाबमोजिम भारतले नेपाललाई दिने चिनी तिहार अगावै बजारमा पठाइनेछ । उनका अनुसार चिनी ल्याउनका लागि आइतबारबाट नै प्रक्रिया थालिनेछ ।