images
images

भूकम्पपीडितलाई सिटिजन्स बैंकले २५ लाख सहयोग गर्ने


  • 298
    SHARES
  • २०८० कार्तिक १९ गते आइतबार

    भूकम्पपीडितलाई सिटिजन्स बैंकले २५ लाख सहयोग गर्ने

    काठमाडौं ।  सिटिजन्स बैंकले भुकम्प पिडितको लागि २५ लाख रुपैयाँ दिने भएको छ । बैंकले शुक्रबार राति आएको भूकम्पमा परी प्रभावित भएकाहरुको सहयोगका लागि २५ लाख आर्थिक सहयोग घोषणा गरेको हो ।

    सिटिजन्स बैँकले कर्णाली प्रदेशको जाजरकोटमा शुक्रबार गएको विनाशकारी भुकम्पबाट पिडीतहरुको उद्धार तथा उपचारको उद्देश्यले प्रधानमन्त्री दैबी प्रकोप उद्धार तथा राहत कोषमा आर्थिक सहयोग स्वरुप २५ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ ।

    बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा सहयोग पुर्याउँदै आएको र भविष्यमा समेत यस्तो सेवा र सहयोगको काममा निरन्तरता दिने कुरा बैंकले जनाएको छ ।

     


    images
    images

    Logo