images
images

नेपालले ओमानलाई दियो १८५ रनको लक्ष्य, गुल्सन र रोहितको अर्धशतक


  • 267
    SHARES
  • २०८० कार्तिक १९ गते आइतबार

    नेपालले ओमानलाई दियो १८५ रनको लक्ष्य, गुल्सन र रोहितको अर्धशतक

    काठमाडौं । नेपालले ओमानलाई १८५ रनको लक्ष्य दिएको छ । आज त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको आईसीसी टी–२० एशिया छनोटको फाइनल खेलमा नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८४ रन बनाएको हो । 

    टस जितेर पहिले ब्याटिङ रोजेको नेपालका लागि गुल्सन झा र रोहित पौडेलले अर्धशतक पुर्याएका थिए । झाले ५४ रन र पौडेलले ५२ रनको योगदान दिएका थिए । त्यस्तै, कुशल भुर्तेलले ३१, करण केसीले २०, सन्दिप जोराले १०, आशिफ शेखले ६, कुशल मल्लले ३ र विवेक यादवले १ रनको योगदान दिएका थिए । 

    सेमिफाइनल जितेर विश्वकपका लागि छानिइसकेका दुबै देशहरु विजेताको उपाधिका लागि आजको खेल खेलिरहेका छन् । 


    images
    images

    Logo