images
images

कुलमान घिसिङलाई कार्यालयमा प्रवेश गर्न नदिने प्राधिकरणका कर्मचारीको घोषणा


  • 809
    SHARES
  • २०८० कार्तिक १९ गते आइतबार

    कुलमान घिसिङलाई कार्यालयमा प्रवेश गर्न नदिने प्राधिकरणका कर्मचारीको घोषणा

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कर्मचारीले कुलमान घिसिङको कार्यालय प्रवेशमा रोक लगाउने घोषणा गरेका छन् । सात बुँदे माग अघि सार्दै कात्तिक १२ गतेदेखि आन्दोलनरत नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियन र नेपाल विद्युत प्राधिकरण कर्मचारी संघले आजदेखि तीन दिन कार्यकारी निर्देशक, उपकार्यकारी निर्देशक प्रशासन, जनसाधन विभागका निर्देशक र सम्पूर्ण प्रादेशिक कार्यालय प्रमुखहरुलाई समेत कार्यकक्षमा प्रवेश निषेध गर्ने निर्णय गरेका हुन् ।

    आज कात्तिक १९ गते ११:१५ बजेदेखि १२:१५ बजेसम्म, भोलि कात्तिक २० गते ११:१५ बजेदेखि १२:४५ बजेसम्म र पर्सि ११:१५ बजेदेखि १:१५ बजेसम्म कार्यकक्ष प्रवेश निषेध गर्ने कर्मचारीहरुले सार्वजनिक गरेको आन्दोलनका कार्यक्रममा उल्लेख छ ।

    नेपाल विद्युत प्राधिकरणमा क्रियाशील ट्रेड युनियनहरुले संस्थागत उन्नती र कर्मचारीको हक हितका लागि भन्दै यही कात्तिक १२ गते पहिलो ध्यानाकर्षण पत्र बुझाएका थिए ।

    यसैगरी कात्तिक १४ गते दोस्रो पटक सात बुँदे सहित तीन दिने आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका थिए । तर व्यवस्थापनसँगको वार्ताबाट निष्कर्षमा पुग्ने वातावरण नबनेको भन्दै कार्यकारी निर्देशक घिसिङसहित कार्यालय प्रमुखहरुलाई कार्यालय प्रवेशमा निषेध गर्ने लगायतका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।

    यो कार्यक्रमबाट पनि माग सुनुवाइ नभए कात्तिक २२ गतेदेखि थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने उनीहरुले जनाएका छन ।

    यस्ता छन् ७ बुँदे माग

    १) विद्युत विधेयक २०८० खारेजी गर्नु पर्ने ।

    २) EPR मा २१ दिने हाजिरको मापदण्ड वैज्ञानिक बनाउने ।

    ३) संचालक समितिबाट निर्णय भएको ५२ महिना सावधिक जीवन विमा तत्काल लागू गर्ने ।

    (४) ज्यालादारी कर्मचारीहरूलाई तोकिएको समयावधि भित्र मासिक ज्यालादारी गर्ने ।

    (५) कर्मचारी सेवा, शर्त विनियम २०७५ संशोधन (सरुवा, बढुवा, विज्ञापन, O&M) सम्बन्धमा।

    ६) २० वर्षे सेवा अवधि नपुगि अनिवार्य अवकाश हुँदा प्राप्त हुने विमा सम्बन्धमा।

    (७) कर्मचारी सापटी र औषधोपचार विमा सम्बन्धमा ।

    यस ३ दिनको अवधिसम्म पनि मागहरू पूरा नभएमा मिति २०८०/०७/२२ गते कडा भन्दा कडा थप आन्दोलनका कार्यक्रमहरू दिन बाध्य हुने ट्रेड युनियनहरुले जनाएका छन् ।


    images
    images

    Logo