काठमाडौं । प्याजको भाउ घट्दो क्रममा रहेको छ । बुधबार १२३ रुपैयाँ औसत मूल्य रहेको प्याज बिहीबारदेखि घटेको कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले जनाएको छ ।
बुधबार १२३ रुपैयाँ रहेको प्याजको भाउ बिहीबार ७ रुपैयाँले घटेर ११७ रुपैयाँ प्रतिकिलो पुगेको थियो । त्यस्तै, शुक्रबार पनि किलोमा ५ रुपैयाँले घटेर ११२ रुपैयाँ पुगेको थियो । शनिबार एकैदिन किलोमा १० रुपैयाँले घटेर १०२ रुपैयाँ पुगेको प्याजको भाउले आज पनि घट्ने क्रमलाई निरन्तरता दिएको छ ।
आज प्याजको भाउ शनिबारको भन्दा ७ रुपैयाँले घटेर ९५ रुपैयाँमा पुगेको समितिले जनाएको छ ।