images
images

डिग्रीको थेसिसमा कडाइ, रिजल्टको ३ महिनाभित्र सक्नुपर्ने, ८९ भन्दा बढी नम्बर दिन ‘नपाइने’


  • 702
    SHARES
  • २०८० कार्तिक १८ गते शनिबार

    डिग्रीको थेसिसमा कडाइ, रिजल्टको ३ महिनाभित्र सक्नुपर्ने, ८९ भन्दा बढी नम्बर दिन ‘नपाइने’

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयले डिग्रीको थेसिसका लागि नयाँ नियम ल्याएको छ । त्रिवि अन्तर्गतको मानविकी तथा सामाजिक शास्त्र सङ्कायको डिन कार्यालयले विभिन्न विभाग तथा आङ्गीक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुलाई पत्र लेख्दै नियम परिवर्तन गरेकोबारे जानकारी गराएको हो । 

    नयाँ नियमअनुसार चौथो सेमेस्टर सुरु भएसँगै थेसिस पनि सुरु गर्नुपर्नेछ । र चौथो सेमेस्टरको परीक्षाको रिजल्ट आएको ९० दिनभित्र थेसिसको भाइभा दिइसक्नुपर्नेछ । यदि त्यो समयसम्ममा भाइभा नसके नियमित विद्यार्थी नमानिने जनाइएको छ । अर्को वर्षको परीक्षा फारम खुल्दा समेत थेसिस नबुझाएको अवस्थामा आंशिक विद्यार्थीसरह पुनः फारम भर्नुपर्ने उक्त नियममा उल्लेख गरिएको छ । 

    स्नातकोत्तर तहमा लेख्नुपर्ने उक्त थेसिस सन्दर्भसूची (रिफरेन्स) बाहेक नै ६० पृष्ठको हुनुपर्नेछ । 

    थेसिसमा १०० पूर्णाङ्कमा ८९ अंकसम्म मात्र दिन पाइने र बढी अंक दिनुपरेमा कारण समेत खुलाउनुपर्ने जनाइएको छ । 

    TU 1.jpg

    TU 2.jpg


    images
    images

    Logo