काठमाडौं । शनिबार काठमाडौंका विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले एक सुचना जारी गर्दै स्युचाटारदेखि सिंहदरबारसम्मको ६६ केभी लाइन मर्मतका निम्ति विद्युत् आपूर्ति बन्द गर्न लागेको जनाएको हो ।
सिंहदरबार परिसरभित्रका सबै कार्यालय, जिल्ला प्रशासन कार्यालय समेत बबरमहल, पुतलीसडक, बागबजार, कमलादी, हात्तीसार, डिल्लीबजार, असन, महाबौद्ध, जमल, घट्टेकुलो, अनामनगर, ज्ञानेश्वर, नक्साल, सेतोपुल र रातोपुल क्षेत्रमा चार घण्टा विद्युत् आपूर्ति बन्द गरिने प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार यी क्षेत्रमा शनिबार बिहान ७ देखि ११ बजेसम्म विद्युत् आपूर्ति बन्द गरिनेछ ।
“यस नेपाल विद्युत् प्राधिकरणले स्युचाटारदेखि सिंहदरबारसम्मको ६६ केभी लाइन मर्मत कार्य गर्न बन्द गर्नुपर्ने भएकोले सिंहदरबारस्थित के ३ सबस्टेसनबाट आपूर्ति हुने सिंहदरबार परिसरभित्रका सम्पूर्ण कार्यालयहरू, जिल्ला प्रशासन कार्यालय समेत बबरमहल, पुतलीसडक, बागबजार, कमलादी, हात्तीसार, डिल्लीबजार, असन, महाबौद्ध, जमल, घट्टेकुलो, अनामनगर, ज्ञानेश्वर, नक्साल, सेतोपुल, रातोपुल क्षेत्रमा मिति २०८०/७/१८ गते बिहान ०७ः०० बजेदेखि ११ः०० बजेसम्म तथा बागबजार विद्युत् आपूर्ति बन्द हुने व्यहोरा सम्पूर्ण महानुभावहरूलाई जानकारीका लागि अनुरोध छ,” प्राधिकरणले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ ।




