images
images

राष्ट्र बैंकले तोक्यो सुनका असर्फी र चाँदीका सिक्काको मूल्य, कति पर्छ ?


  • 1.6K
    SHARES
  • २०८० कार्तिक १७ गते शुक्रबार

    राष्ट्र बैंकले तोक्यो सुनका असर्फी र चाँदीका सिक्काको मूल्य, कति पर्छ ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहारका लागि बिक्री गर्न लागेको सुनका असर्फी र चाँदीका सिक्काको बिक्री मूल्य निर्धारण गरेको छ । राष्ट्र बैंकले उक्त असर्फी र सिक्काको मूल्य न्यूनतम १ हजार ६ सय रुपैयाँदेखि २ लाख ७६ हजार ६ सय ६३ रुपैयाँ रहेको छ ।

    राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गत टक्सार महाशाखाका अनुसार ३० ग्राम ९०० टचको सार्क सिक्काको मूल्य २ लाख ७६ हजार ६ सय ६३ रुपैयाँ, १५ ग्रा ९०० टचको सार्क सिक्काको १ लाख ३८ हजार ३३२ रुपैयाँ रहेको छ । यस्तै १० ग्राम सुनको असर्फीलाई १ लाख २ हजार ३ सय ६५ रुपैयाँ, ५ ग्राम सुनको असर्फीको ५१ हजार १ सय ८३ रुपैयाँ, २.५ ग्राम सुनको असर्फीको २५ हजार ५ सय ९२ रुपैयाँ रहेको छ ।

    राष्ट्र बैंकको अनुसार १० ग्राम चाँदीको लक्ष्मी/गणेश/गजलक्ष्मी/गाई मेडालियन र अन्य स्मारिका सिक्काको १ हजार ६ सय रुपैयाँ र २५ ग्राम चाँदीको गाई मेडालियन र अन्य स्मारिका सिक्काको ४ हजार रुपैयाँ रहेको छ ।

    उक्त सुनका असर्फी र चाँदीका सिक्का कात्तिक १९ गतेदेखि २४ गतेसम्म हरेक दिन बिहान ११ बजेदेखि ३ बजेसम्म बिक्री गर्ने भएको हो । राष्ट्र बैंकले हरेक वर्ष तिहारअघि सुनको असर्फी र चाँदीको सिक्का बिक्री गर्दै आएको छ।

    Rate-2080.07.17-Taksar_page-0001.jpg

     

     

     


    images
    images

    Logo