काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षणले विहीबार १८ फर्ममाथि अनुगमन गरेको छ । विहीबार बजार अनुगमनको क्रममा विभागले खाद्य वस्तु, मिठाइ, विविध, इलेक्ट्रिकल/इलेक्ट्रोनिक्स र किराना पसललाई कारवाही गरेको हो ।
विभागको संयुक्त अनुगमन टोलीले बिल बिजक, दर्ता प्रमाण–पत्र राख्नु पर्ने नराखेको र दर्ता प्रमाण पत्र नराखेको गुणस्तर, परिमाण, मुल्य, नापतौलमा हेरफेर गरेको र अनुगमनको क्रममा असहयोग गरेको अभियोगमा सम्बन्धित पसलबाट यो परिमाणमा आर्थिक जरिवाना गरेको हो ।
बुधबार १८ वटा व्यापारिक प्रतिष्ठानमा अनुगमन गरिएको थियो । यसमध्ये कैफियत भेटिएको ८ व्यापारिक प्रतिष्ठानलाई ८५ हजार रुपैयाँ जरिवाना तिराएको छ भने अन्यलाई सुधार गर्न निर्देशन दिइएको छ ।
विभागले कालिमाटीमा रहेको किराना पसललाई २० हजार रुपैयाँ जरिवाना गरेको छ भने कुलेश्वरमा रहेको २ खाद्य वस्तु पसलालई १०/१० हजार रुपैयाँ जरिवाना गरेको छ ।
त्यस्तै, मैतिदेवी चोकमा रहेको मिठाइ पसललाई १० हजार रुपैयाँ जरिवाना गरेको छ भने महालक्ष्मीमा रहेको विविध र इलेक्ट्रिकल/ इलेक्ट्रोनिक्स पसललाई १०/१० हजार रुपैयाँ जरिवाना गरेको छ । कालिमाटीमा रहेको खाद्य वस्तु पसललाई १० हजार रुपैयाँ जरिवाना गरेको छ भने कालिमाटीमा रहेको खाद्य वस्तु पसललाई ५ हजार रुपैयाँ जरिवाना गरेको छ ।
नियमित अनुगमनका क्रममा विभागले विभिन्न पसललाई कागजातसहित विभागमा उपस्थित हुन भनेको छ भने कतिपयलाई सामान्य निर्देशन दिएको छ ।



