images
images

आसिफको अर्धशतकसँगै यूएईविरुद्ध नेपालको जित, नेपाल र ओमान विश्वकपमा छनोट


  • 412
    SHARES
  • २०८० कार्तिक १७ गते शुक्रबार

    आसिफको अर्धशतकसँगै यूएईविरुद्ध नेपालको जित, नेपाल र ओमान विश्वकपमा छनोट

    काठमाडौं । नेपालले ८ विकेटले आजको खेल जितेको छ । मुलपानीस्थित क्रिकेट मैदानमा भएको आईसीसी टी–२० विश्वकप एशिया छनोट अन्तर्गतको आजको खेलमा नेपालले १७.१ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो । यूएईले नेपाललाई १३५ रनको लक्ष्य दिएको थियो । 

    नेपालका तर्फबाट आशिफ शेखले सर्वाधिक ६३ रनको योगदान दिएका थिए । त्यस्तै, रोहित पौडेल, गुल्सन झा र कुशल भुर्तेलले क्रमशः ३५, २२ र ११ रनको योगदान दिए । 

    सेमिफाइनलमा यूएईसँग जितेबित्तिकै नेपाल आईसीसी टी–२० विश्वकप एशिया छनोटको फाइनलमा पुगेको छ । आजै कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको सेमिफाइनलमा बहराइनसँग जितेर ओमान पनि फाइनल प्रवेश गरेको छ । 

    फाइनलमा नेपाल र ओमानबीच खेल हुनेछ । आजको जितसँगै नेपाल र ओमान आईसीसी टी–२० विश्वकपका लागि छनोट भएका छन् । 


    images
    images

    Logo