वीरगञ्ज । मधेस प्रदेशकै एकमात्र महानगरपालिका वीरगञ्ज महानगपालिकाले चालु आर्थिक वर्षको तीन महिनामा १६ करोड २६ लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
सो अवधिमा विभिन्न २१ शीर्षकमा१६ करोड २६ लाख ३६ हजार ४ सय ३७ रुपैयाँ राजस्व सङ्कलन गरिएको हो ।
महानगरपालिकाको राजस्व शाखाका अनुसार चालु आर्थिक बर्षको साउनदेखि असोजसम्ममा सम्पत्ति करबाट ७ करोड ४३ लाख ८२ हजार ४७ रुपैयाँ, घरबहाल करबाट १ करोड ७२ लाख २४ हजार १ सय १७ रुपैयाँ, व्यवसाय रजिष्ट्रेसन दस्तुरबाट १ करोड ८ लाख २६ हजार २ सय ३० रुपैयाँ, सरकारी सम्पत्ति बहालबाट १ करोड २७ लाख ९६ लाख २ सय ४ रुपैयाँ, अन्य सेवा शुल्कबाट १ करोड २७ लाख ७ हजार २ सय ७८ रुपैयाँ, नक्सा पास दस्तुरबाट १ करोड ४ लाख ४४ हजार ६ सय १२ रुपैयाँ, अखेटोपहारमा लाग्ने करबाट ६१ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
यस्तै सिफारिस दस्तुरबाट ७२ लाख २६ हजार ५ सय ४१ रुपैयाँ, साना सवारी साधन करबाट १० लाख ९९ हजार ३ सय ५० रुपैयाँ, भूमिकर÷मालपोतबाट ३८ लाख ३२ हजार ४ सय ७८ रुपैयाँ, बहाल बिटौरी करबाट ८ लाख १२ हजार रुपैयाँ र प्रशासनिक दण्ड जरिवानाबापत २३ लाख २३ हजार ८३ रुपैयाँ राजस्व सङ्कलन भएको राजस्व शाखाप्रमुख मनोजकुमार कर्णले जानकारी दिए ।
यसैगरी व्यक्तिगत घटना दर्ताबाट ९ लाख ३८ हजार तीन सय छ, नाता प्रमाणित दस्तुरबाट ७ लाख ७४ हजार ७ सय ८० रुपैयाँ, सिफारिस दस्तुरबाट ७२ लाख २६ हजार ५ सय ४१ रुपैयाँ राजस्व सङ्कलन भएको राजस्व शाखाप्रमुख कर्णले बताए ।
गत आर्थिक वर्ष २०७९÷८० को तीन महिनाको तुलनामा करिब ३ करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन भएको हो । महानगरपालिकाले गत आर्थिक वर्षको साउनदेखि असोजसम्म विभिन्न शीर्षकमा १३ करोड ४४ लाख १ सय ८१ रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।
आर्थिक वर्ष २०७८÷७९ सम्म घरजग्गा रजिष्ट्रेसन शुल्क महानगरपालिकाले उठाउँदै आएकामा गत आर्थिक वर्षबाट राजस्व बाँडफाँट शीर्षकमा तीनै तहको सरकारमा राजस्व सङ्कलन हुन थालेको छ ।
चालु आर्थिक वर्षमा महानगरपालिकाले सम्पत्ति करको दर घटाए पनि दायरा बढ्ेका, लामो समयपछि जग्गाको कित्ताकाट खुल्ला गरिएको नक्सापास र जग्गा कारोबार सुरु भएकाले गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा राजस्व सङ्कलन बढ्ेको वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले बताए ।



